राजनीति

लुम्बिनीका मुख्यमन्त्री केसीले विश्वासको मत लिँदै

इकागज |
भदौ ७, २०७८ सोमबार १६:१८ बजे

बुटवल - लुम्बिनी प्रदेश सभाको बैठक पुनः सुरु भएको छ । केहीबेर स्थगित गरिएको बैठक सुरु भएको हो । यो बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिन प्रस्ताव पेश गर्नेछन्  । माओवादी केन्द्र संसदीय दलका नेता केसी लुम्बिनी प्रदेश सभाका चार दल र एक स्वतन्त्र गरी ४२  प्रदेशसभा सदस्यको समर्थनमा साउन २७ गते मुख्यमन्त्री बनेका थिए ।

बैठक सुरु भए पनि प्रतिपक्ष दल एमाले भने बैठकमा सहभागी भएको छैन् । सूर्य चिन्हबाट निर्वाचित सांसदहरु अजय शाही र विमला वली खत्रीलाई पदमुक्त नगरेका कारण प्रतिपक्ष दल एमालेले बैठक बहिष्कार गरेको हो । नेकपा एमालेका सांसद एवं पूर्व भौतिक पुर्वधार विकास मन्त्री बैजनाथ चौधरीले बैठक बहिष्कार गरेको बताए । संसदमा गठबन्धनका ४२ जना सासद रहेकाछन् । 



Author

थप समाचार
x