जनताको जीवन बदल्नेबाहेक अरु सपना छैन : मुख्यमन्त्री केसी
लुम्बिनी – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफू नेतृत्वको गठबन्धनको सरकारसँग जनताको जीवन बदल्नेबाहेक अरु सपना नभएको बताएका छन् । आज सोमबार प्रदेश सभामा विश्वासको मत पाएपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै केसीले भने, ‘गठबन्धनको सरकारले विश्वासको मत लिएको छ । हाम्रो अनुभवलाई लिएर हामी समृद्धि लुम्बिनी आत्मनिर्भर लुम्बिनीवासी नारा अनुसार व्यवहारमा काम गरेर पुष्टि गर्नेछौँ,’ उनले भने, ‘संविधानको रक्षा, जनताको जीवनलाई कोभिडमुक्त जीवन बनाउने लक्ष्य छ । जनतालाई निराश हुनुपर्ने अवस्था छैन । जनताको जीवनलाई बदल्ने बाहेक यो गठबन्धनको अरु सपना छैन ।’
उनले एमालेले सत्ताबहिर्गमन भएको आवेगमा आएको पनि बताए । उनले आवेगमा नआइ सरकारसँग सहकार्यका लागि आग्रह पनि गरे । आज केसीले विश्वासको मत लिँदै गर्दा एमालेले प्रदेश सभा बैठक बहिष्कार गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया