राजनीति

टीकापुर घटनाका बन्दीलाई रिहाइको माग गर्दै धनगढीमा प्रदर्शन

इकागज |
भदौ ७, २०७८ सोमबार १९:५४ बजे

कैलाली- थरुहट थारुवान राष्ट्रिय मोर्चाले टीकापुर घटनाका कैदीबन्दी रिहाइको माग गर्दै प्रदर्शन गरेको छ । टीकापुर घटनाको ६ वर्ष पुगेको समय पारेर मोर्चाले माग राख्दै सोमबार प्रदर्शन गरेको हो । 

७ र ८भदौलाई कालो दिनका रूपमा मनाउँदै आएको मोर्चाले लम्की चुहा नगरपालिकाको भल्का चौकदेखि बलिया चौकसम्म विरोध  र्‍यालीसहित प्रदर्शन गरेको हो।कैलाली निर्वाचन क्षेत्र नम्बर-१ बाट निर्वाचित निलम्बित सांसद रेशम चौधरीसहित राजबन्दीलाई बिनाशर्त रिहाइ गरिनुपर्ने, टीकापुर मुद्दा खारेजी गरिनुपर्ने, राज्यको हरेक निकायमा थारू समुदायको पूर्ण समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गरिनुपर्ने, कञ्चनपुरदेखि नवलपरासीसम्म थरुहट प्रदेश कायम गरिनुपर्ने, गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेलगायत माग राख्दै मोर्चाले प्रदर्शन गरेको हो ।



Author

थप समाचार
x