राजनीति

कांग्रेस विवाद मिलाउन १० बुँदे सहमति, यी नेताले गर्नेछन् कार्यान्वयनमा लैजाने काम

इकागज |
भदौ ८, २०७८ मंगलबार १५:२६ बजे

काठमाडौँ – नेपाली कांग्रेसको महाधिवेशन सर्नुको मुख्य कारण मानिएको क्रियाशील विवाद समाधान भएको छ । विवाद समाधानका लागि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा डा.मिनेन्द्र रिजाल र रमेश लेखकसहितको कार्यदल गठन भएको थियो ।

यो कार्यदलले सोमबार पार्टी सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रतिवेदन पनि बुझाएको छ । प्रतिवेदनमा केही क्षेत्रको नवीकरण तथा सदस्यता वितरणको काम अझै बाँकी रहेको उल्लेख छ । तर, त्यसलाई समाधान गर्न नेताहरुलाई जिम्मेवारी पनि तोकिएको छ ।  


बाँकी रहेको विवाद समाधानका लागि प्रदेश १ र २ मा आनन्द ढुंगाना र जीवन परियार, वागमती र गण्डकी प्रदेशमा प्रदीप पौडेल र श्याम घिमिरे तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा जीवन परियार र योगेन्द्र चौधरीलाई जिम्मेवारी तोकिएको छ ।  


Author

थप समाचार
x