कुलमान नियुक्तिको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश
फाइल तस्बिर
काठमाडौँ – नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च सक्कल मिसिल झिकाउन आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले सक्कल फाइल झिकाउन आदेश दिएको हो ।
सरकारले प्राधिकारणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई ऊर्जा आयोगमा लैजाने गरी घिसिङलाई दोस्रो कार्यकालका लागि प्राधिकरणको कार्यकारी निर्देशक बनाएको थियो । घिसिङको नियुक्ति बदर गर्दै प्राधिकरणमा आफैँलाई पुनर्वहाली गर्न भन्दै शाक्यले रिट दायर गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया