माओवादी नेताको कार्यविभाजन : कसले के जिम्मेवारी पाए ? (सूचीसहित)
काठमाडौँ- नेकपा (माओवादी) केन्द्रले संगठनात्मक कार्यविभाजन गरेको छ । माओवादीले केन्द्रीय विभागका प्रमुखदेखि प्रदेश र जिल्ला समन्वय समितिको कार्यविभाजन गरेको हो । माओवादी अध्यक्ष पुष्पकमल दाहालले भदौ ६ गते गरेको परिपत्रमा नेताहरूलाई विभिन्न जिम्मेवारी दिइएको छ ।
जसअनुसार पूर्वसभामुखसमेत रहेका कृष्णबहादुर महरालाई पार्टी प्रवक्ताको जिम्मेवारी दिइएको छ । त्यस्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल स्कुल विभाग इञ्चार्ज भएका छन् भने प्रमुखमा गिरिराजमणि पोखरेल छन् । प्रवास समिति इञ्चार्जमा नारायणकाजी श्रेष्ठ र अध्यक्षमा ओम शर्मालाई जिम्मेवारी दिइएको छ ।
अर्थ तथा योजना विभाग प्रमुखमा वर्षमान पुन, कृषि तथा भूमिसुधार प्रमुखमा हरिबोल गजुरेल, निर्वाचन विभागमा खिमलाल देवकोटा, विदेश मामला विभागमा सुरेन्द्र कार्की, संगठन विभाग प्रमुखमा जनार्दन शर्मा, राष्ट्रिय सुरक्षा विभागमा कृष्णबहादुर महरा छन् ।
त्यस्तै स्वास्थ्य विभागमा कल्पना धमला, सहरी विकास विभागमा देवेन्द्र पौडेल, स्थानीय तह विभागमा उर्मिला अर्याल, भौतिक पूर्वाधार विभागमा हरि अधिकारी प्रमुख तोकिएका छन् भने नीति अनुसन्धान प्रतिष्ठानको प्रमुखमा रामचन्द्र झा छन् भने वन तथा वातावरण विभागमा शक्ति बस्नेत प्रमुख रहेका छन् ।
प्रदेश नम्बर १ मा सुरेन्द्र कार्की ईञ्चार्ज छन् भने अध्यक्षमा सुरेन्द्रकुमार राई रहेको परिपत्रमा उल्लेख छ । त्यस्तै प्रदेश नम्बर २ को ईञ्चार्जमा गणेश शाह छन्भने यहाँ अध्यक्ष तोक्न बाँकी छ । बागमती प्रदेशको ईञ्चार्जमा हितमान शाक्य र अध्यक्षमा नारायण दाहाल भएका छन् ।
गण्डकी प्रदेश ईञ्चार्जमा हितराज पाण्डे र अध्यक्षमा हरि अधिकारी रहेका छन् । लुम्बिनीको ईञ्चार्जमा चक्रपाणी खनाल बलदेव र अध्यक्षको जिम्मेवारी ओनसरी घर्ती भएका छन् । कर्णालीमा ईञ्चार्ज शक्ति बस्नेत र अध्यक्ष राजकुमार शर्मा छन् । सुदूरपश्चिम प्रदेश ईञ्चार्जमा खगराज भट्ट छन् भने अध्यक्ष तोक्न बाँकी छ ।
त्यसैगरी विशेष समिति ईञ्चार्जमा लिलामणि पोखरेल र अध्यक्षमा लेखनाथ न्यौपानेलाई तोकेको छ । राष्ट्रिय युवा संघ नेपाल र सम्बद्ध संगठनहरूको ईन्चार्जमा रामप्रसाद सापकोटालाई तोकिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया