राजनीति

धेरै गर्न सकिन भन्दै मुख्यमन्त्रीबाट बिदा भए शेरधन राई

इकागज |
भदौ १०, २०७८ बिहीबार १८:५७ बजे

काठमाडौँ - प्रदेश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले एमालेलाई क्षति पुग्न नदिन पदबाट राजीनामा दिएको बताएका छन् । तीन वर्षे कार्यकाल सकेर मुख्यमन्त्री पदबाट राजीनामा दिएका राईले पार्टीलाई फुटबाट जोगाउन पद छाडेको बताएका छन् । पाँच वर्षका लागि प्रदेश १ को पहिलो मुख्यमन्त्री निर्वाचित भएपनि पार्टीलाई क्षति हुनबाट जोगाउनका लागि पदबाट राजीनामा दिएको राईको दाबी छ ।

‘आफुले नेतृत्व गरेको दलमा पुर्ण बहुमत रहदा रहदै पनि देशको विकसित राजनितीक परिस्थिती, पार्टी भित्र देखा परेको विग्रह, टुटफुट अनि त्यसको प्रभाव र असरबाट प्रदेश नं १ मा नेकपा एमालेलाई क्षति पुग्न नदिन । सरकारको स्थायित्वलाई सुनिश्चित गर्न, देशकै ठुलो दल नेपालको कम्युनिष्ट आन्दोलनको मुलधारलाई कमजोर हुन नदिन....मैले दलको नेता र पदबाट राजीनामा गरेको छु ।'


साथै उनले नवनियुक्त भीम आचार्यलाई बधाइृ समेत दिएका छन् । मुख्यमन्त्री पदबाट राजीनामा दिएका उनले आफ्नो कार्यकालमा खासै काम गर्न नसकेको पनि उल्लेख गरेका छन् ।

‘संघीयताको पहिलो अनुभव, अभ्यास र प्रयोगका सुरुवाती दिनहरु, वर्षहरु सजिला थिएनन् । तर हामी दृढ संकल्प र अठोटसहित महत्वपूर्ण उपलब्धी र सफलताहरुका साथ अगाडी बढ्यौ’ उनले फेसबुकमा लेखेका छन्, ‘मलाई गर्व छ । धेरै गर्न सकिन होला । तर मैले गलत गरेको छैन । लगभग साँढे तीन वर्षे मेरो कार्यकालमा मलाई साथ सहयोग, सदभाव र शुभेच्छा प्रकट गर्दै मलाई सफल बनाउनु हुने सम्पुर्णलाई विशेष धन्यवाद व्यक्त गर्दछु ।’


Author

थप समाचार
x