प्रदेश १ मा चार जना मन्त्री बन्दै, आजै शपथको तयारी
फाइल फोटो
विराटनगर - प्रदेश १ मा थप ४ जना मन्त्री नियुक्त गर्ने तयारी भएको छ । मन्त्रालयको टुंगो नलागेपनि लक्ष्मण तिवारी, बल बहादुर साम्सोहाङ मन्त्री बन्ने पक्का भएको छ । एक महिलासहित थप दुई जना मन्त्रीको नामबारे अन्तिम छलफल चलिरहेको सत्तारुढ एमालेका नेताहरुले बताएका छन् ।
बेलूकी पाँच बजे शपथ खुवाउने गरी छलफल भइरहेको नेताहरुले बताएका छन् । नयाँ मुख्यमन्त्री भीम आचार्यले बिहीबार सपथ खाएपनि मन्त्री नियुक्त गर्न सकेका थिएनन् । प्रदेश प्रमुखको कार्यलयले भने अहिलेसम्म मन्त्रीको नामावली प्राप्त नभएको जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया