राजनीति

जनअपेक्षा बुझ्‍न नसकेपछि ओली नेतृत्वको सरकार बाहिरियो

इकागज |
भदौ १२, २०७८ शनिबार २१:४० बजे

दमक – सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेस पहिलो शक्ति हुने दाबी गरे । कांग्रेसले महाधिवेशनबाट पहिलो शक्ति हुने ऊर्जा प्राप्त गर्नेसमेत बताए । 

कांग्रेस दमक नगर समितिको कार्यालयमा शनिबा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा प्रवक्ता शर्माले सो धारणा व्यक्त गरेका हुन् । उनले यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले देशको प्राथमिकता र जनताको अपेक्षा नबुझेकाले सरकारबाट बाहिरिनुपरेको जिकिर गरे ।


‘कांग्रेसलाई जनताले पाँचवर्षको लागि प्रतिपक्षमा बस्ने म्यान्डेट दिएको मैले बारम्बार भन्दै आएको हो तर पनि देश चलाउनुपर्नेले नचलाएपछि मुलुक सम्हाल्नको लागि कांग्रेस सरकारमा आउनुपरेको हो,’ अघिल्लो सरकारले अस्थिरताका लागि अध्यादेश ल्याएको बताउँदै प्रवक्ता शर्माले भने, ‘वर्तमान सरकारले मुलुकको स्थिरताका लागि अध्यादेश ल्याउनु बाध्यता हो ।’


Author

थप समाचार
x