एमालेको इलाम–काठमाडौं सम्पर्क मञ्च एकीकृत समाजवादीमा समाहित
काठमाडौँ – नेकपा (एमाले) इलाम–काठमाडौं सम्पर्क मञ्चका सबै पदाधिकारी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित भएका छन् । मञ्च अध्यक्ष तुलसी बस्नेतको अध्यक्षता र पार्टीका केन्द्रीय सदस्य प्रेमकुमार खनाल, प्रदेश नम्बर एकका सदस्य दीपक पौडेललगायत ५१ जना सदस्यको उपस्थितिमा सम्पन्न सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले काठमाडौंमा बसोबास गर्ने इलामेहरूको बृहत् भेला २६ साउनमा आयोजना गर्नेसमेत निर्णय गरेको मञ्च सचिव विकास रेग्मीले जानकारी दिए । बैठकले इलाम जिल्ला पार्टी कमिटी तथा सम्पूर्ण जनसंगठनहरूलाई नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित हुन पनि निर्देशन दिएको उनले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया