राजनीति

लुम्बिनी प्रदेशलाई थारु सांस्कृतिक केन्द्रका रूपमा विकास गरिन्छ : मन्त्री चौधरी

इकागज |
भदौ १६, २०७८ बुधबार १९:३९ बजे

दाङ - लुम्बिनी प्रदेशका पर्यटन तथा सहरी विकासमन्त्री डिल्लीबहादुर चौधरीले यो प्रदेशलाई थारु सांस्कृतिक केन्द्रका रूपमा विकास गरिने बताएका छन् । थारू कल्याणकारिणी सभा दाङले बुधबार लमहीमा आयोजना गरेको कार्यक्रममा मन्त्री चौधरीले यस्तो बताएका हुन् ।

‘सरकारले थारू संस्कृतिसँग जोडिएका घर बनाउने, संस्कृतिलाई संरक्षण गर्ने योजना बनाएको छ’, उनले भने,  ‘थारु समुदायले राजधानीको फाइदा उठाउनुपर्छ, राजधानीले थारू संस्कृति स्थापित हुने गरी योजना ल्याउनुपर्छ । यसका लागि थारु समुदाय र प्रदेश सरकारबीच आवश्यक सहयोग र समन्वय भइरहनु पर्छ ।’


लुम्बिनी प्रदेशको राजधानी सहरलाई थारु सांस्कृतिक सहरको रूपमा विकास गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । मन्त्री चौधरीले देउखुरी उपत्यकाको नाममलाई औपचारिक रूपमा प्रचलनमा ल्याउन आफूले सरकारका तर्फबाट सहयोग गर्नेसमेत उनले स्पष्ट पारे । प्रदेश सरकारले विशेषगरी दाङमा थारु संस्कृति विकासका लागि काम गरिरहेको उनको भनाइ छ ।


Author

थप समाचार
x