जसपाका कुसुमी देवी र कुर्मीले रोजे लोसपा
जनकपुरधाम – पर्साका दुई स्थानीय तहका जनप्रतिनिधि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) मा खुलेका छन् । पकहा मैनपुर गाउँपालिपालिकाका उपाध्यक्ष कुसुमी देवी महन्थ ठाकुर र पोखरिया नगरपालिकाका वडाध्यक्ष बनका राउत कुर्मी ठाकुर नेतृत्वको लोसपामा खुलेका हुन् ।
बुधबार जनता समाजवादी पार्टी, नेपाल (जसपा)का प्नदेश सांसद प्रह्लाद गिरीको नेतृत्वमा जिल्ला निर्वाचन कार्यालयमा गएका दुवैले लोसपाको पक्षमा सनाखत गरेका हुन् । उनीहरू दुवैजना उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टीबाट निर्वाचित हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया