मकवानपुरमा कांग्रेसको वडा अधिवेशन दुई दिन सर्यो
हेटौंडाः नेपाली कांग्रेस मकवापनुरले भाद्र २० गते आइतबार वडा अधिवेशन गर्ने भएको छ । शुक्रबार वडा अधिवेशन गर्न तयारी नपुगेकोले दुई दिनपछि सारिएको कांग्रेस मकवापनुरका कार्यबाहक सभापति विष्णु लामिछानेले जानकारी दिए ।
उनका अनुसार मकवानपुरमा साँढे नौ हजार कांग्रेस क्रियाशील सदस्य छन् । जिल्लामा ५३ सय जना नयाँ क्रियाशील सदस्यता थपिएका छन् भने ४३ सय ५० सदस्यले नविकरण गरेका छन् ।
मकवापनुरमा रहेका एक सय दुई वडामा शुक्रबार निर्वाचन अधिकृत नियुक्त गर्ने तयारी भएको छ । केन्द्रबाट खटाइएका जिल्ला निर्वाचन अधिकृत अधिवक्ता गोपि शर्मा सुवेदीले बिहीबार र शुक्रबार कांग्रेस पदाधिकारी, सदस्य तथा वडामा जाने निर्वाचन अधिकृतलाइ प्रशिक्षण दिएसँगै १०२ वडामा जाने निर्वाचन अधिकृतलाई नियुक्त गरिने भएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया