हेटौंडाकी उपमेयर लामा बनिन् सामाजवादी मकवानपुरको उपाध्यक्ष
हेटौंडा- हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामाले बिहीबार नेकपा एकीकृत सामाजवादीमा सनाखत गरेकी छन् । उनले सनाखत गरेसँगै उनलाई नेकपा एकीकृत समाजवादी मकवानपुरको जिल्ला उपाध्यक्षको जिम्मेवारी दिइएको छ ।
नेपाल एकीकृत सामाजवादीको केन्द्रीय सदस्य मुनु सिग्देलले समाजवादीमा सनाखत गरेका उपमेयर लामालाई जिल्ला उपाध्यक्ष भएको घोषणा गरेकी हुन् । हेटौंडा उपमहागनरका मेयर हरिबहादुर महत भने एमाले संस्थापन पक्षतर्फ रहेका छन् ।
यता मकवापनुरको कैलाश गाउँपालिकाको अध्यक्ष टंक मोक्तान, मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्ट लगायत २५ जना भन्दा बढी जनप्रतिनिधिले समाजवादी पार्टीको पक्षमा सनाखत गरिसकेका छन् । बिहीबार समाजवादी मकवापनुरको जिल्ला भेलाले श्रीधर पोखरेललाई अध्यक्ष र विष्णु दाहाललाई सचिवको जिम्मेवारी समेत दिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया