काठमाडौंका सात जना वडाध्यक्ष नेकपा (एकीकृत समाजवादी)मा खुले
काठमाडौँ – काठमाडौं महानगरपालिकाका दुई जनासहित सात वडाध्यक्ष नेकपा (एकीकृत समाजवादी)मा खुलेका छन् । कामनपा– ७ का शुद्धकुमार डंगोल र १५ का ईश्वरमान डंगोल नेकपा एसको पक्षमा खुलेका हुन् ।
यस्तै अन्य नगरपालिकाका पाँच जना वडाध्यक्षले शुक्रबार जिल्ला निर्वाचन कार्यालय पुगेर नेकपा एसको पक्षमा सनाखत गरेका छन् । बूढानीलकण्ठ नगरपालिका– ३ का बालकृष्ण श्रेष्ठ, टोखा नगरपालिका– ९ का जोगप्रसाद नेपाल, तारकेश्वर नगरपालिका– २ का रवीन्द्र केसी, तारकेश्वर नगरपालिका– ६ की मधु कार्की, शंखरापुर नगरपालिका– ९ का घनश्याम थापाले पनि एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया