गृहमन्त्री र नेकपा प्रवक्ताबीच भेटवार्ता
काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित गृह मन्त्रालयमा शुक्रबार खाण र विश्वकर्माबीच भेटवार्ता भएको हो ।
गृहमन्त्रीको सरकारी निवास पुल्चोकमा भएको भेटवार्तामा शान्ति प्रक्रियालाई टुंग्याउने लगायतका विषयमा छलफल भएको थियो । एक घण्टा बढी भएको छलफल सकारात्मक भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया