राजनीति

कांग्रेस महाधिवेशन

क्षेत्रीय प्रतिनिधि पदका लागि मारामार

इकागज |
भदौ १८, २०७८ शुक्रबार २०:४९ बजे

बुटवल : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार वडा अधिवेशन शुरु भएको छ । वडा अधिवशनमा अधिकाश उम्मेद्वार क्षेत्रीय प्रतिनिधिका लागि देखिएका छन् । कांग्रेसले आफ्नो निर्वाचन  निर्देशिकामा गरेको फेरबदलका कारण वडामा क्षेत्रीय प्रतिनिधिका उमेदवारहरु धामी नसक्नु देखिएका हुन् । 

यसअघि पालिका तहको निर्वाचनमा पार्टीका क्रियाशिल सदस्यले मत राख्न पाउने व्यवस्था रहेको थियो । तर यस पटक उक्त व्यवस्था हटाइएको छ । कोभिडको कारण देखाउँदै पालिका तहको निर्वाचनमा वडावाट आउने क्षेत्रीय प्रतिनिधिहरुले मात्र मत राख्न पाउने भएका हुन् । त्यसका कारण पनि वडामा रहेका अधिकाश क्रियाशिल सदस्यहरुले क्षेत्रिय प्रतिनिधिमा दावी गरेको रुपन्देही जिल्ला पार्टी सभापति अब्दुल रज्जाकले बताए । 


उनले भने, ‘रुपन्देहीका १ सय ५५ मध्ये. अधिकाशमा सर्वसम्मत रुपमै नेतृत्व चयन भएको छ । तर क्षेत्रीय प्रतिनिधिका उमेदावारहरु थेगिनसक्नु भए,त्यसकाराण सहमती नगराउन धेरै समस्या भयो । उनका अनुसार पार्टीले विधानमा गरेको संसोधनका कारण सो स्थानिय तहको प्रतिनिधि छान्ने अधिकारका लागि सो पदमा वढि दावी गरिएको हो ।’ 

रुपन्देही जिल्लामा रहेका १६ स्थानिय तह अन्तरगतका १ सय ५५ वटै वडामा शुक्रबार नै निर्वाचन प्रक्रिया शुरु भएको जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेले बताए । जस मध्ये अधिकाशमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ । तर केहि वडाहरुमा आन्तरिक छलफल गर्ने भन्दै चुनावी प्रक्रिया भोलिसम्मका लागि सारिएको छ । 

यसपटक नेपाली कांग्रेसको वडा अधिवशेनमा युवाहरुको प्रवेश बाक्लो देखिएको छ । वडाका विभिन्न पदमा उनिहरुको प्रवेश सकारात्मक रहेको नेपाली कांग्रेसका युवा नेता विष्णु पोख्रेलले बताए । उनले भने, ‘झण्डै ६ वर्षपछि भएको पार्टिको महाविेशनको शुरुवाती चरण वडा तहमा युवाको सहभागिता उत्साहजनक रहेको छ यसको असर केन्द्रसम्म नै पर्ने छ ।’

अर्घाखाचीमा पनि वडा अधिवशेन सम्पन्न 

लुम्बिनी प्रदेशको अर्को जिल्ला अर्घाखाचीमा पनि शुक्रबार वडा अधिवेशन सम्पन्न भएको छ । जिल्लाका ६१ जिल्लामावडा अधिवेशन भएको जिल्ला सभापती विष्णु मुस्कानले बताए । 

उनका अनुसार अधिकाश वडामा सहमतीमै नेतृत्व चयन भएको छ । केहि वडाहरुमा लोकतान्त्रिक विधि पनि प्रयोग हुन सक्ने उनको भनाई छ । तर गुल्मी पाल्पा कविलवस्तु लगायतका जिल्लामा शुक्रबार अघिवेशन शुरु हुन सकेन । 


 


Author

थप समाचार
x