कांग्रेस मकवानपुरले तोक्यो वडा निर्वाचन अधिकृत
हेटौंडा - नेपाली कांग्रेस मकवानपुरले आइतबार हुने वडा अधिवेशनको लागि १ सय २ वडामा वडा निर्वाचन अधिकृत तोकेको छ । उनीहरूलाई शुक्रबार एक दिने अनुशिक्षण कार्यक्रम गरेर प्रमाणपत्र र निर्वाचनको लागि आवश्यक साम्रगी हस्तान्तरण गरिएको हो ।
कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले पार्टीको निर्वाचनलाई सहज ढंगबाट सम्पन्न गर्न निर्वाचन अधिकृतहरूको भूमिका खेल्न आग्रह गरेकी छिन् । जिल्ला पार्टी सभापति इन्द्रबहादुर बानियाँले सकभर सहमति र नभए प्रक्रियामार्फत निर्वाचन सम्पन्न गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएका छन् ।
शुक्रबारबाट नेपाली कांग्रेसको वडा अधिवेशन सुरु भएको छ । मकवानपुरमा तयारी पुरा नहुँदा वडा अधिवेशन २ दिन पछि सरेको हो । कांग्रेस मकवापनुरको पार्टी प्रवक्ता प्रदीप कोइरालाले दुर्गमका वडामा निर्वाचन अधिकृतहरू शुक्रबार नै प्रस्थान गरिसकेको जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया