कैलालीमा तीन जनाले गरे नेकपा एसमा सनाखत
कैलाली - जिल्ला समन्वय समिति कैलालीका उपप्रमुखसहित तीनजनाले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेका छन् । सनाखत गर्नेमा समन्वय समितिका उपप्रमुख सुन्दरी चौधरी, सदस्य मालतीदेवी विक र देवी भण्डारी रहेकी छन् ।
जिल्ला समन्वय समिति कैलालीमा एमालेका ६ जनामध्ये पाँच जना एकीकृत समाजवादीमा आउने दाबी गरिएको छ । समन्वय समिति सदस्य टेकबहादुर बुढा र ललित साउदले पनि आइतबार सनाखत गर्ने नेकपा एकीकृत समाजवादी कैलालीका नेता विमल जोशीले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया