एमाले धनकुटाको समानान्तर कमिटी नेकपा एसमा समाहित
काठमाडौँ - तत्कालीन समयमा माधव नेपालले धनकुटामा गठन गरेको नेकपा एमाले समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी)मा समाहित भएको छ । उक्त कमिटी शनिबारबाट नेकपा एस्मा समाहित भएको हो । शनिबार बसेको बैठकले सो कमिटी नेकपा एसमा आबद्ध हुने निर्णय गरिएको अध्यक्ष अर्जुन राईले बताए ।
धनकुटामा स्थानीय तह, प्रदेश र संघमा निर्वाचित जनप्रतिनिधि भने सबै एमालेमै बस्ने भएका छन् । शनिबारै नेकपा एसका केन्द्रीय सदस्य घनेन्द्र बस्नेतले धनकुटाको पार्टी कार्यालय उदघाटन्समेत गरेका छन् । आउँदो निर्वाचनमा धनकुटामा नेकपा एसको विजय निश्चित रहेको उनको दाबी छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया