राजनीति

एमाले संखुवासभा अध्यक्षसहित ३५ सदस्य नेकपा एसमा खुले

इकागज |
भदौ १९, २०७८ शनिबार २०:४३ बजे

खाँदबारी – नेकपा एमाले संखुवासभा अध्यक्षसहित ३५ सदस्य नेकपा (एकीकृत समाजवादी) पार्टीमा खुलेका छन् । जिल्ला कमिटी अध्यक्ष हेमराज घिमिरेसहित कमिटीका ३५ सदस्यले नेकपा एस रोजेका हुन् । 

शनिबार जिल्ला समन्वय समितिको सभाहलमा बसेको बैठकबाट उनीहरूले माधव नेपाल नेतृत्वको नेकपा एसलाई समर्थन गर्ने घोषण गरेका हुन् । एमालेको साविक २६ सचिवालय सदस्यमध्ये १५ समाजवादीमा खुलेका छन् । सचिवालय सदस्य ऋषिकेशव चापागाईं, कृष्ण तामाङ, मानसिं पोखरेल, बद्रि सापकोटा, सुमन शाक्य, केशर महत, राजेन्द्र सुब्बा, योगराज गाउँले, डम्बर श्रेष्ठ, केशकुमारी खत्री कार्की, डेगेश्वरी श्रेष्ठ, सरिता थापा खड्का, श्यामसुन्दर बोगटी, पदमकुमारी गुरुङ नेकपा एसमा लागेको अध्यक्ष घिमिरेले बताए ।


यस्तै जिल्ला समन्वय समितिका सुमन शाक्य, खाँदबारी नगरपालिका उप्रमुख डेगेश्वरी श्रेष्ठ, चैनपुर नगरपालिका उपप्रमुख मुना श्रेष्ठलगायत वडाध्यक्ष, सदस्यहरूको सनाखत गराउने तयारी भइरहेको उनले जनाए । 

एमाले पूर्वअध्यक्ष तथा केन्द्रीय लेखा समिति सदस्य उमेश डाँगी पनि एकीकृत समाजवादीमा लागेका छन् ।  प्रदेशसभा सदस्य सरिता थापा, पदमकुमारी गुरुङ नेकपा एसमा खुलिसकेका छन् भने जिल्ला उपाध्यक्ष भीम लिंखा कतै खुलेका छैनन् । लिंखा नेपाल पक्षमा रहँदै आएका थिए । सोमबारसम्म चल्ने बैठकले आगामी रणनीति तयार गर्ने घिमिरेले बताए ।


Author

थप समाचार
x