राजनीति

आउँदो चुनाव जितेर देखाउन महेश बस्नेतलाई चुनौती

इकागज |
भदौ १९, २०७८ शनिबार २२:१६ बजे

चितवन – नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल) अध्यक्ष रामप्रसाद सापकोटा दीपशीखाले संगठनलाई अग्रणी बनाइने दाबी गरेका छन् । शनिबार चितवनमा आयोजित माओवादीनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) क्रान्तिकारी र वाइसीएलको संयुक्त भेलालाई सम्बोधन गर्दै दीपशीखाले यस्तो बताएका हुन् । 

उनले नेकपा एमाले सांसद् तथा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ, नेपालका पूर्वअध्यक्ष महेश बस्नेतलाई आउँदो निर्वाचनमा विजयी भएर देखाउनसमेत चुनौती दिएका छन् । वाइसीएल  युवाहरूमाझ सबैभन्दा लोकप्रिय  र पुनः मुलुकको पहिलो संगठन बनाइने दाबी गर्दै उनले एमाले नेता बस्नेतहरूलाई चुरीफुरी नगर्न चेतावनी दिए ।


चितवनको इच्छाकमना गाउँपालिका भेलाले वाइसीएल अध्यक्षमा झलक गुरुङ र अनेरास्ववियू क्रान्तिकारी अध्यक्षमा सुमित्रा प्रजाको नेतृत्वमा नयाँ टिम निर्वाचित गरेको छ । सोही भेलामा नेपाली कांग्रेस र एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका व्यक्तिहरूलाई केन्द्रीय सदस्यसमेत रहेका दीपशीखाले टीका र खादा लगाएर स्वागत गरेका थिए । कार्यक्रममा वाइसीएलका निवर्तमान सचिवद्वय दिवस पाण्डे र केयर सिंह कुवर, लुम्बिनी प्रदेश संयोजक जितेन्द्र पुन, नेताहरू सन्तोष पनेरु, साजन अधिकारी सहभागी थिए । यस्तै अनेरास्ववियू क्रान्तिकारीका उपमहासचिव जपी मैनाली, नेताहरू वसन्त आचार्य, अविनाश रम्तेल उपस्थित थिए । 


Author

थप समाचार
x