राजनीति

प्रदेश २ मा जसपाका थप ३ सांसदले रोजे लोसपा

इकागज |
भदौ २०, २०७८ आइतबार १५:१६ बजे

जनकपुरधाम - जनता समाजवादी पार्टीका थप तीन जना सांसदले प्रदेश २ मा लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरेका छन । आइतबा जसपाका उपेन्द्र महतो, अभिराम शर्मा र रानी शर्मा तिवारी निर्वाचन आयोगको प्रादेशिक कार्यालय जनकपुरधाम पुगेर सनाखत गरेका हुन ।

यससँगै लोसपाको पक्षमा सनाखत गर्नेहरूको संख्या १५ पुगेको छ । जितेन्द्र सोनल सनाखत गर्न बांकी रहेकोमा संख्या पुग्ने छ । तर यो संख्या अझै बढ्न सक्ने दाबी लोसपाको छ । लोसपाका नेता एवं प्रदेश सांसद सोनलले भने, ‘हाम्रो पक्षमा अहिलेसम्म १६ जना आएको छ । तर भदौ २२ गतेसम्म यो संख्या अझै बढ्ने छ । केही साथीहरू सम्पर्कमा हुनुहुन्छ, छलफल भइरहेकाले संख्या बढ्नेछ ।’


सांसद तिवारी यसअघि उपेन्द्र यादव नेतृत्वको जसपामा रहेको बताउँदै आएकी थिइन् । तर पार्टी नेतृत्व तहको छलफल पश्चात् उनी लोसपाको पक्षमा खुलेकी छन् । त्यस्तै स्थानीय तहतर्फ धनुषाको हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलसहित वडाध्यक्ष र सदस्य लगायत १६ जना कार्यपालिका सदस्यले लोसपामा सनाखत गरेका छन् । उपमेयर रेणु झाले यसअघि नै सनाखत गरिसकेका छन् । 
 


Author

थप समाचार
x