पद छाडेपनि नैतिक धरातल छाड्दिन : मुख्यमन्त्री शाक्य
फाइल फोटो
हेटौंडा - बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सरकारमा बसञ्जेल आफ्नो नैतिक धरातललाई विचलित हुन नदिने बताएकी छन् । राजनीतिक अस्थिरता हुँदा चिन्ता लिने र स्थिरता हुँदा मात्तिने अवस्थामा आफु नरहेको भन्दै उनले सरकारमा बसञ्जेल जनताको लागि इमान्दारिताको साथ काम गर्ने मुख्यमन्त्री शाक्यको भनाइ छ ।
बागमती प्रदेशमा नेकपा एमालेका १३ सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । प्रदेशमा एमालेका ४३ सांसद छन् । अल्पमतमा परेकी मुख्यमन्त्री शाक्यले पद छोड्नुपरे पनि छोड्ने तर नैतिक धरातलाई बिचलित हुन नदिने बताएकी हुन् ।
विश्वासको मत कहिले लिनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा शाक्यले भनिन्, ‘विपक्षी दल कसरी प्रस्तुत हुन्छ, त्यसमा भर पर्छ । तर प्रतिपक्ष त्यसरी आक्रामक बनेर नआउने विश्वास छ । हिजोको सम्बन्ध राम्रो भएको कारण समझदारीका साथ अघि बढ्छौं ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया