राजनीति

एमाले अध्यक्ष ओली र गृहमन्त्री खाण नेपाल-भारतबीचको खेल हेर्न दशरथ रंगशालामा

इकागज |
भदौ २०, २०७८ आइतबार १८:३३ बजे

काठमाडौँ -  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाण नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल हेर्न दशरथ रंगशाला पुगेका छन् । खेलाडीको हौसला बढाउन अध्यक्ष ओली रंगशाला पुगेको उनको सचिवालयले जनाएको छ ।

सरकारको प्रतिनिधित्व गर्दै गृहमन्त्री खाड खेल हेर्न मैदान खाड पुगेका हुन् । नेपाल र भारतको दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफ शून्य गोलको बराबरीमा सकिएको छ । यसअघि शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेल १(१ को बराबरीमा सकिएको थियो । 



Author

थप समाचार
x