राजनीति

केदारस्युँ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र चारजना वडाध्यक्षसहित अधिकांश नेकपा एसमा खुले

इकागज |
भदौ २०, २०७८ आइतबार १८:४७ बजे

कैलाली - बझाङको केदारस्युँ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र चारजना वडाध्यक्षसहित एमालेबाट निर्वाचित अधिकांश जनप्रतिनिधिले नेकपा समाजवादी पार्टीमा सनाखत गरेका छन् ।

एमालेबाट निर्वाचित वडा नं १ का अध्यक्ष लोकेश भण्डारी बाहेक सबैले जिल्ला निर्वाचन कार्यालय चैनपुर पुगेर एकीकृत समाजवादीमा सनाखत गरेका छन् । सनाखत गर्नेमा केदारस्युँ गाउँपालिका अध्यक्ष ईन्द्र भण्डारी, उपाध्यक्ष निशा धामी, वडा नं २ का वडाध्यक्ष चक्र विक, वडा नं ३ का वडाध्यक्ष वीरबहादुर खाती, वडा नं ५ का वडाध्यक्ष काशीराम धामी सहित अधिकांशले आइतबार निर्वाचन कार्यालय चैनपुरमा सनाखत गरेको वडा नम्बर ८ का वडाध्यक्ष गणेश बोहराले बताए ।



Author

थप समाचार
x