गोदावरीकी उपमेयर रत्नाले रोजिन् नेकपा समाजवादी
फाइल फोटो
कैलाली - गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले नेकपा समाजवादी रोजेकी छन् । उनले आइतबार प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेर समाजवादीको पक्षमा सनाखत गरेकी हुन् । गोदावरी नगरपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधी ३२ जना छन् ।
नगरपालिकाकी उपप्रमुख रत्ना कडायतसँगै वडा नम्बर ५ का वडा अध्यक्ष कर्ण बोहरा, वडा सदस्य कमलसिंह राना, वडा नं ६ का वडा सदस्य धन बहादुर खड्का, वडा नं ३ की सदस्य रामपत्ति चौधरीले समाजवादी रोजेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया