राजनीति

त्रियुगाका मेयर चौधरी पनि नेकपा समाजवादीमा

इकागज |
भदौ २०, २०७८ आइतबार २१:४२ बजे

फाइल फोटो

विराटनगर - उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । मेयर चौधरीले आइतबार जिल्ला निर्वाचन उदयपुरमा दल परिवर्तन गरेको सनाखत गरेका हुन् । 

उनी यसअघि नै माधव कुमार नेपाल नेतृत्वको नेकपा एसको केन्द्रीय सदस्यमा चयन भएका थिए । आइतबार मेयर चौधरीसहित वडा नम्बर ३ का वडाध्यक्ष अबधेश चौधरी, वडा नम्बर १३ कि वडाध्यक्ष पशुपति चौधरी, वडा नम्बर ६ का वडा सदस्य जयराम पन्जियार, ९ का वडा सदस्य खिल बहादुर कार्की र ११ कि दलित महिला सदस्य सकुन्तला विश्वकर्मा पनि एमाले छाडेर नेकपा एस मा प्रवेश गरेका छन् । 


थारु बाहुल्यता भएको त्रियुगा नगरपालिकामा मेयर चौधरीकै प्रभावका कारण थारु समुदायका जनप्रतिनिधि नेकपा एसतिर लागेका छन् । सोही क्षेत्रबाट प्रदेश १ को समानुपातिक सान्सद रहेकी सुनिता चौधरी  यसअघि नै नेकपा एसमा लागेको घोषणा गर्दै दल परिवर्तन गरेको सनाखत गरिसकेकी छन् ।

उदयपुरका ८ स्थानीय तह मध्ये ७ वटामा प्रमुखसहित एमालेले जितेको थियो । एमालेबाट जितेका अन्य तहका जनप्रतिनिधिहरु भने  एमालेमै रहने संकेत देखिएको छ । यता बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले भने निर्वाचित सबै जनप्रतिनिधि एमालेमै रहेको जानकारी दिएका छन् । रासस 
 


Author

थप समाचार
x