भीम रावलको गृहजिल्लाकै मेयर र उपमेयरले रोजे नेकपा समाजवादी
फाइल फोटो
कैलाली - नेकपा एमालेका उपाध्यक्ष भीम रावललाई अर्को झट्का लागेको छ । रावलले आफ्नै गृहनगरमा पनि जनप्रतिनिधिको साथ गुमाएका छन् । उनको गृहनगर अछामको साँफेबगर नगरपालिकाका मेयर कुलबहादुर कुँवर र उपमेयर बिर्मलादेवी बुढ्थापाले आइतबार नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।
सनाखत गरेपछि कुँवरले एमाले अध्यक्ष केपी ओलीको प्रतिगमनविरुद्ध नयाँ पार्टी रोजेको बताए । मेयर कुँवर नेकपा एमालेका सुदूरपश्चिम् प्रदेश कमिटी सदस्य समेत थिए ।
नगर प्रमुख कुवँर र उपप्रमुख बुढथापासंगै मेल्लेख र चौरपाटी गाँउपालिकाका अध्यक्ष हर्क बहादुर साउदले नेकपा एकिकृत सामाजवादीमा रहेको भन्दै जिल्ला निर्वाचन कार्यालय अछाम पुगेर सनाखत गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया