राजनीति

सुदूरपश्‍चिम प्रदेश सभा : सबैभन्दा ठूलो दल एमाले बन्यो चौँथो

नेकपा (एकीकृत समाजवादी) सबैभन्दा ठूलो दल

इकागज |
भदौ २१, २०७८ सोमबार १५:१ बजे

कैलाली– सुदूरपश्चिम प्रदेशमा दल विभाजनको असर सबैभन्दा ठुलो दल रहेको नेकपा एमालेलाई परेको छ । प्रदेश सभामा एक नम्बरमा रहेको नेकपा एमाले चौथो दलमा झरेको छ । सुदूरपश्चिम प्रदेशका १४ जना एमाले सांसदले एकीकृत समाजवादीमा सनाखत गरेसँगै सबैभन्दा ठूलो दल बनेको हो ।

सोमबार (आज) प्रदेश सांसद माया तामाङ (बोहरा)ले एकीकृत समाजवादीको पक्षमा सनाखत गरे सगै नेकपा समाजवादी प्रदेशकै ठुलो दल बनेको हो । यसअघि आइतबार (हिजो) प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, एमाले संसदीय दलका पूर्वप्रमुख सचेतक तथा कंचनपुर एमालेका पुर्व अध्यक्ष तारा लामा तामाङ र पूर्व राज्यमन्त्री प्रकाश रावलले आइतबार समाजवादीको पक्षमा सनाखत गरेसंगै नेकपा एमाले चौथोदलमा झरेको हो ।


प्रदेश सभामा एमालेभन्दा समाजवादी ठुलो दल बनेको छ । एमालेका सभामुख बाहेक २४ मध्ये १४ जनाले समाजवादी रोजेपछि एमाले १० जनामा सिमित रहेको हो । यद्दपी २२ गतेसम्ममा यो संख्यामा समेत कमि आउने समाजवादीका नेता तारा लामा तामाङले दाबी गरे । हाल कायम रहेको ५२ सदस्यीय प्रदेश सभामा नेकपा समाजवादी १४, माओवादी केन्द्रका १३, काँग्रेसका १२, एमालेका १० र जनता समाजवादीका २ सांसद छन् ।


Author

थप समाचार
x