गोरखाका स्थानीय तहमा धमाधम राप्रपाको अधिवेशन
काठमाडौँ – कात्तिक २७ गते केन्द्रीय महाधिवेशनको तोकेको राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)ले धमाधम निर्वाचन क्षेत्र अन्तर्गत प्रदेश र स्थानीय तहको अधिवेशन गरिरहेको छ । यसैक्रममा गोरखाको निर्वाचन क्षेत्र नम्बर २ (ख) र त्यसअन्र्तगतका स्थानीय तहमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएका छन् ।
गोरखा क्षेत्र नम्बर २ (ख) को अध्यक्षमा कुलबहादुर बस्नेत चयन भएका छन् । त्यस्तै अजिरकोट गाउँपालिकाको अध्यक्षमा फणिन्द्र अधिकार, बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्षमा ठाकुर ढकाल र सिरान्चोक गाउँपालिकाको अध्यक्षमा शेरबहादुर तामाङ निर्विरोध निर्वाचित भएका छन् ।
२१ सदस्यीय रहने प्रदेश र स्थानीय तहको पदाधिकारी भने अध्यक्षहरुले नै मनोनीत गर्नेछन् । यी अधिवेशनहरु राप्रपाका नेता मोहन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । ‘कात्तिक २७ गते केन्द्रीय महाधिवेशन तोकिएको छ । त्यसैले भदौ मसान्तसम्म वडादेखि स्थानीय तहको अधिवेशन सम्पन्न गर्नुपर्ने कार्यतालिका अनुसार यहाँको अधिवेशन भएको हो,’ नेता मोहन श्रेष्ठले भने ।
श्रेष्ठका अनुसार बुधबार (भोलि) क्षेत्र २ अन्तरगत प्रदेश (क) र पालुंटार नगरपालिकाको अधिवेशन छ । त्यस्तै २५ गते क्षेत्र १ प्रदेश (ख), भीमसेन थापा गाउँपालिका, आरुघाट, धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिकाको अधिवेशन कार्यतालिका छ ।
भदौ २६ गते क्षेत्र १को (क), शहिद लखन गाउँपालिका र गण्डकी गाउँपालिकाको अधिवेशन हुनेछ । भदौ २७ गते गोरखा नगरपालिकाको अधिवेशन हुने छ । जिल्लाका सबै स्थानीय तह र निर्वाचन क्षेत्रको अधिवेशन सकिएपछि भदौ २८ गते जिल्ला अधिवेशन तय भएको श्रेष्ठले जानकारी दिए । नेता श्रेष्ठले राप्रपाले लिएको एजेन्डा आम जनताका बीच लोकप्रिय मात्र नभई देशको लागि उपयुक्त समय आएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया