राजनीति

नेपाललाई चीन विरोधी अखडा बनाउन खोजियो : चित्रबहादुर केसी

इकागज |
भदौ २२, २०७८ मंगलबार १७:४१ बजे

बुटवल-  राष्ट्रिय जनमोर्चाsf अध्यक्ष चित्रबहादुर केसीले नेपाललाई चीन विरोधी अखडा बनाउन खोजिएको बताएका छन् । एमसीसीका नाममा नेपाललाई चीन विरोधी अखडा बनाउन खोजिएको केसीको दाबी छ । बुटवलमा मंगलबार भएको एमसीसी विरोधी कार्यक्रमा बोल्दै केसीले केही दलको स्वार्थमा यस्तो खेल भैरहेको आरोप लगाए । 

एमसीसीका नाममा नेपालमा अमेरीकी सैनिक भित्र्याएर चीन विरोधी मोर्चा बनाउन नेपाललाई समेत सामेल गर्ने अभियानमा लागेको र त्यसलाई वर्तमान सरकारले सहयोग गरेको केसीले आरोप लगाए । एमसीसी नेपाल र नेपालीका लागि आवश्यक हो होइन भन्‍ने कुरा नेपाली जनताले निर्णय गर्न पाउनु पर्ने उनको मत छ । 


पटक-पटक एमसीसी सदनमा ल्याउन खोज्नुको कारण अमेरीकी दवावमा  दलहरुमा देखिएको टिप्पणी पनि उनले गरे । उनले थपे–पछिल्लो समय चीन शक्तीसाली बन्दै जाँदा अमेरीकालाई भालुको कन्चट बनेकोले चीनलाई कमजोर बनाउन अमेरिकाले यस्तो खेल खेलेको हुनु पर्छ । 

अमेरिकी योजनामा चीन र उत्तर कोरियालाई एशियामा एक्लो पार्नका लागि नेपाललाई किन्न खोजिएको आरोप केसीले लगाए । उनले ५५ अर्बको लोभ देखाएर नेपाली भूमि प्रयोग गर्न खोजेको बताए ।

केसीले नेपाली युवालाई भारतीय सुरक्षकर्मीले तुइन काटेर नदीमा बेपत्ता पार्दा पनि सत्तारुढ गठबन्धनका कुनै पनि दल नबोलेको आरोप केसीले लगाए । उनले भने – सत्तारुढ गठबन्धनमा जनमोर्चा पनि छ तर जनमोर्चा बाहेक कुनै पनि दल बोलेनन् त्यसैले पनि नेपाली सत्ता कहाँबाट चल्छ भन्ने प्रष्ट हुन्छ ।  


Author

थप समाचार
x