राजनीति

दार्चुला घटनासम्बन्धी प्रतिवेदन बुधबार संसद्‌मा पेस हुने

इकागज |
भदौ २२, २०७८ मंगलबार १७:३४ बजे

काठमाडौँ – सरकारले बुधबारको संसद्‍मा ‘दार्चुला घटनासम्बन्धी छानबिन प्रतिवेदन’ पेस गर्ने भएको छ । गृहमन्त्री बालकृष्ण खाणले बुधबारको संसद बैठकमा छानबिन प्रतिवेदन पेस गर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य अतहर कमाल मुसलमानले जानकारी दिए ।

‘भोलि दार्चुला घटनासम्बन्धी प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाणले पेस गर्नुहुन्छ,’ कांग्रेस केन्द्रीय सदस्य तथा सांसद मुसलमानले जानकारी दिए ।  गत साउन १५ गते महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनबाट काटिदिँदा ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएका थिए ।


घटनाबारे छानबिन गर्न १७ साउनमा गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा मन्त्रीस्तरबाट समिति गठन भएको थियो । समितिले १५ भदौमा गृहमन्त्री खाणलाई छानबिन प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा तुइन काट्ने कार्यमा एसएसबीको संलग्नता देखिएको भन्दै कूटनीतिक माध्यमबाट क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्न सुझाव दिएको थियो । धामीको परिवारको शिक्षा-दिक्षा र पालन-पोषणको जिम्मा सरकारले लिनपर्ने पनि प्रतिवेदनमा सुझाव दिइएको छ ।


Author

थप समाचार
x