बागमतीमा राजनैतिक नियुक्ती खाने पदाधिकारीलाई आचारसंहिता
फाइल फोटो
हेटौंडा - बागमती प्रदेश सरकारले राजनैतिक नियुक्ती खाने पदाधिकारीको आचारसंहिता बनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री, मन्त्रीले नियुक्त गरेको राजनैतिक पदाधिकारीले आचारसंहिता पालना गर्नुपर्ने भन्दै सो सम्बन्धी निर्णय गरेको हो ।
भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डेका अनुसार मन्त्रिपरिषद् बैठकमा नवनियुक्त मन्त्रीहरु रचना खड्का, विजय सुवेदी, शान्तिप्रसाद पौडेल, प्रदीप कुमार कटुवाल क्षेत्री, आजय क्रान्ति र चन्द्र लामाको उपस्थिति थियो । उनीहरुले मन्त्रीको सपथ लिएसँगै पदभार ग्रहण गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया