एमाले महिला सांसदलाई बालकोटमा ओलीले खुवाए दर
काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद तथा महिला कार्यकर्तालाई अध्यक्ष केपी ओलीले दर खुवाउने कार्यक्रम आयोजना गरेका छन् । अध्यक्ष ओली निवासमा महिला कार्यकर्तालाई तीजको दर खुवाउने कार्यक्रम साँझसम्म चलेको हो ।
संसद् बैठकलगत्तै एमाले संसदीय दल प्रमुख सचेतक शान्ता चौधरीसहित सांसद्, महिला नेता र केही विद्यार्थी नेता पनि बालकोटस्थित ओली निवास पुगेका थिए ।कार्यक्रममा डा.शिवमाया तुम्बाहाम्फे, राधा ज्ञवाली, विद्या भट्टराई, निरु पाल, आशा विक, जुली महतो, शान्ति पाख्रिनलगायत सांसदहरू सहभागी थिए । यस्तै महिला आयोगकी अध्यक्ष कमला पराजुली पनि दर खान पुगेकी थिइन् । कार्यक्रममा ओलीले उनीहरूलाई तीजको शुभकामनासमेत दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया