‘सभामुखलाई हान्न माइक तानेँ, मौका मिलेन आज टाउको नै फुटाउँथेँ’
काठमाडौँ - नेकपा एमालेकी सांसद रेखा झाले आज सभामुखको टाउको फुटाउने योजना भएको बताएकी छन् । प्रतिनिधि सभाको आजको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिनेक्रममा उनले यस्तो बताएकी हुन् ।
‘आज टाउको नै फुटाउँथेँ सभामुखलाई हान्न माइक तानेको । संसद्को मर्यादा छ नि । विरोध भइरहेको छ । हामी नारा लगाइरहेका छौँ बैठक चलाउने ?’ उनले भनिन्, ‘नियम उल्लंघन गर्नेलाई के गर्ने ? अहिले हानेको छैन मौका मिल्यो भने हान्छौँ ।’
उनले गृहमन्त्री बालकृष्ण खाँणको टेबुलको माइक झिकेर रोस्ट्रमतर्फ हान्न खोजेकी थिइन् । उनले एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै सभामुखको भूमिकामाथि प्रश्न गरिन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया