प्रधानमन्त्री देउवा र एमसीसीकी उपाध्यक्ष सुमारबीच भेटवार्ता
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ । एमसीसी परियोजना स्वीकृत गर्ने या नगर्ने विषयमा विवाद भइरहेको बेला नेपाल आएको एमसीसीको टोलीले शीर्ष नेताहरुलाई भेट गरिरहेको छ ।
सुमारसँगको भेटमा एमसीसी कम्प्याक्ट र नेपालको आर्थिक रुपान्तरणका सम्भावनाका विषयमा छलफल भएको देउवाले जानकारी दिए । उनले आर्थिक रुपान्तरणसहित नेपाल र अमेरिका सहयोगबारे विचार आदान प्रदान गरेको पनि बताएका छन् । देउवाले सुमारसँग भेट हुन पाउँदा खुसी लागेको पनि बताए ।
I had the pleasure to receive Vice President of MCC @FatemaDC today. We exchanged views on Nepal-US cooperation including MCC Compact and its potentials for Nepal's economic transformation. pic.twitter.com/SVZT1Eea1P
— Sher Bahadur Deuba (@SherBDeuba) September 10, 2021
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया