राजनीति

मसँग सम्पत्ति छ, छैन भन्‍न मिल्दैन : दीपक मनाङे

इकागज |
भदौ २७, २०७८ आइतबार १६:१८ बजे

फाइल तस्बिर

काठमाडौँ – गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङ)ले आफ्नो सम्पत्तिबारे भन्न नमिल्ने बताएका छन् ।  मन्त्रालयको कार्यभार सम्हालेको दुई महिनापछि जानकारी गराउने क्रममा उनले यस्तो बताएका हुन् ।  

‘मेरो सम्पत्तिबारे म सँग के छ के छैन भन्ने कुरामा म आफैँ कन्फ्युज छु । मसँग सम्पत्ति छ, छैन भन्न त मिल्दैन’ उनले भने । उनले आफूले आफ्नो सम्पत्ति पहिलो श्रीमतीलाई दिएको र बाँकी सम्पत्ति छोराहरुको नाममा नामसारी गरिसकेको पनि बताए ।


‘मेरो सपत्ति फस्र्ट वाइफलाई दिइसकेको छु, छोराहरुको नाममा राखिएको छ,’ उनले भने, ‘अब त्यसलाई मेरो भनौँ भने समस्या आउँछ’ उनले भने, ‘अहिलेसम्म मसँग केही पनि छैन । भोलि कसैले दिन्छु भन्दै आउला । मेरो पुरानो सम्पत्तिमा मुद्दा पनि छ । त्यो सम्पत्ति अहिले बढेको पनि छ ।’ उनले सम्पत्ति शुद्धीकरणको मुद्दाबाट आफूले सफाइ पाइसकेको पनि बताए ।  गण्डकीका मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे पनि मनाङेले अझै गरेका छैनन् ।  


Author

थप समाचार
x