राजनीति

'माधव नेपालसहित १४ सांसदलाई कारबाही गरिएको सूचना नटाँसेसम्म संसद् अवरुद्ध हुन्छ'

इकागज |
भदौ २७, २०७८ आइतबार १७:४० बजे

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधि सभा बैठक सुरु गराउन अझै पहल नगरेको भन्दै सत्तापक्ष र सभामुखप्रति आक्रोश व्यक्त गरेका छन् ।

पूर्वसभामुख समेत रहेका नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो दलमाथि भेदभाव गरेकाले संसद् अवरुद्ध पार्नु परेको स्पष्ट पारे ।


‘संसद बैठक अवरुद्ध हुने यो स्थितिलाई कहिलेसम्म कायम राख्नुहुन्छ ? कहिलेसम्म प्रतिपक्षलाई हामीप्रति भेदभाव भई रहेको छ,’ उनले भने, ‘त्यो भेदभावको स्थिति कहिले अन्त्य हुन्छ भनेर प्रतिपक्षले महसुस गर्ने कहिलेसम्म हो ? यस्तो भईरहँदा पनि सत्तापक्ष र सभामुखले अहिलेसम्म अलिकति पनि कुरा नगरीकन, छलफल नगरी बस्न सक्नुहुन्छ ?
 
नेम्वाङले माधवकुमार नेपालसहितका आफ्ना पार्टीले निष्काशन गरेका १४ जना सांसदहरुको सूचना संसद् सचिवालयमा टाँस नगरुन्जेल अवरुद्ध भइरहने पनि बताए ।  


Author

थप समाचार
x