मकवानपुरमा कांग्रेसको १८३४ जना क्षेत्रीय प्रतिनिधि चयन
हेटौंडा - नेपाली कांग्रेसको जिल्ला निर्वाचन समिति मकवानपुरले भदौ २० गते भएको वडा तहको अधिवेशनबाट निर्वाचित भएका क्षेत्रीय प्रतिनिधिहरुको नामावली उपलब्ध गराएको छ । आइतबार कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा सहायक निर्वाचन अधिकृतहरु रामकुमार अधिकारी, कृष्ण न्यौपाने र राजबाबु पहाडीले कांग्रेस मकवनपुरका उपसभापति बिष्णु लामिछाने, प्रवक्ता प्रदिप कोइरालालाई सो नामावली उपलब्ध गराएको हो ।
नामावली बुझ्दै उपसभापति लामिछानेले निर्वाचित सबैलाई बधाई दिँदै वडा तहको अधिवेशन सम्पन्न गर्न भूमिका निर्वाह गर्ने सबैप्रति आभार व्यक्त गरे । कांग्रेस मकवानपुरको १०२ वटा वडाबाट कूल १ हजार ८ सय ३४ जना क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । जसमध्ये १०२ वडाका सभापति स्वत क्षेत्रीय प्रतिनिधि हुने प्रावधान रहेको प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए ।
उनका अनुसार सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाका १९ वटा वडाबाट कूल ४२० जना र थाहा नगरपालिकाका १२ वडाबाट १९८ जना निर्वाचित भएका छन् । त्यस्तै ८ वटा गाउँपालिकाका ७१ वटा वडाबाट कूल १ हजार २ सय १६ जना निर्वाचित भएको प्रवक्ता कोइरालाले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया