राजनीति

मुलुकको विकास र समृद्धिका लागि एमसीसी आवश्यक छ : मन्त्री कार्की

इकागज |
असोज १, २०७८ शुक्रबार १७:२७ बजे

फाइल फोटो

काठमाडौँ - कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको विकास र समृद्धिका लागि एमसीसी आवश्यक रहेको बताएका छन् । शुक्रवार कोशी टप्पुमा प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रको कार्यालय उद्घाटन गर्न सुनसरी पुग्नुभएका मन्त्री कार्कीले एमसीसी मुलुकको बिकास र समृद्धिका लागी आवश्यक रहेको बताएका छन् । 

उनले दलीय खिचातानीले एमसीसी ओझेल पर्ने सम्भावना बढाएको भन्दै जसरी भएपनि संसदबाट पास गराउनुपर्ने बताए । उनले एमसीसी विकास परियोजना भएकाले यसको विषयमा राजनीति गर्नु नहुने उल्लेख गरे । एमसीसी संसदबाट पास गराउनको लागि सबैबिच सहमतिको खाँचो रहेको उनले औल्याए । 


मन्त्री कार्कीले असोज ४ गते बस्ने संसद बैठकले बजेटको विषय अघि बढाउने बताए । संसद भित्रको गतिरोध हटाउने विषयमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल जारी रहेको भन्दै उनले केहि दिनभित्रै राजनीतिक निकास निस्कने विश्वास व्यक्त गरे । 

कोशी टप्पु वन्यजन्तु आरक्षमा आजबाट स्थापना भएको कार्यालयले मानव–वन्यजन्तु द्धन्द्ध व्यवस्थापनका साथै संरक्षण तथा सम्भाव्यता अध्ययनका विषयमा काम गर्ने बताइएको छ ।


Author

थप समाचार
x