राजनीति

सुदूरपश्चिममा दुई मन्त्री नियुक्त, आजै पदभार ग्रहण

इकागज |
असोज १, २०७८ शुक्रबार १९:३९ बजे

कैलाली - सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका तर्फबाट आज दुई जना मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तारालामा तामाङलाई आर्थिक मामिला मन्त्री र माया तामाङ बोहरालाई अर्थ राज्यमन्त्रीमा नियुक्त गरेका छन् । 

नवनियुक्त मन्त्रीमध्ये तारा लामा तामाङलाई प्रदेश प्रमुख गंगा प्रसाद यादव र राज्यमन्त्री राज्यमन्त्री माया तामाङ बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले पद तथा गोपनीयताको सपथ गराएका छन् । 


तारालामा तामाङ तत्कालीन नेकपा एमालेबाट कञ्चनपुरबाट निर्वाचित सांसद हुन् भने बोहरा बझाङबाट समानुपातिक सांसद हुन् । सुदूूरपश्चिममा एमाले विभाजनपछि एकीकृत समाजवादी १४ सांसदसहित सबैभन्दा ठूलो दल बनेको छ ।

पार्टी विभाजनपछि पनि एमालेमै रहने निर्णय गरेका तत्कालिन आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाह र अर्थराज्य मन्त्री अर्चना गहतराजले राजीनामा दिएपछि दुवै मन्त्रालय मन्त्रीविहीन थिए । 


Author

थप समाचार
x