राष्ट्रपतिद्वारा कैदीबन्दीको सजाय माफी
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार विभिन्न आठ कैदीबन्दीको सजाय माफी दिएकी छन् । मन्त्रिपरिषद्को २९ भदौको सिफारिसका आधारमा राष्ट्रपतिले संविधान दिवसको अवसरमा सजाय माफी दिने भएकी हुन् ।
पूर्णबहादुर भनिने किशोर भण्डारीसमेतका आठ जनाको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय माफी गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । यस्तै हर्कबहादुर राईसमेत ५ सय २३ जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ ।
नेपालको संविधानको धारा २ सय ७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४, ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३, सर्वोच्च अदालतले १९ साउन २०७७ को फैसलालगायतका आधारमा मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूको कैद मिनाहा गरी माफी दिइएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया