राजनीति

सामाजिक विकासमन्त्री सुवेदीको आचारसंहिता

इकागज |
असोज ३, २०७८ आइतबार १५:१५ बजे

हेटौंडा - बागमती प्रदेशको सामाजिक विकासमन्त्री विजय सुवेदीले मन्त्रीको आचारसंहिता २०७८ लागू गरेका छन् । आइतबार मन्त्रालयमा उनले सामाजिक विकास मन्त्रीको आचारसंहिता २०७८ मा हस्ताक्षर गर्दै आचारसंहिता लागू भएको सार्वजनिक गरेका हुन् ।

यसअघि बागमती प्रदेशले प्रदेश सरकारका मन्त्री तथा राजनैनिक पदाधीकारहरुको आचारसंहिता २०७८ जारी गरेको थियो । सोही आचरसंहिता बमोजिम मन्त्री सुवेदीले मन्त्रीको भूमिकालाई जनमूखि तथा उत्तरदायी बनाउन आचारसंहिता जारी गरेको बताए । मन्त्रीको आचारसंहिता लागू गर्ने मन्त्रीहरुमा सामाजिक मन्त्री सुवेदी प्रदेशमा पहिलो बनेका छन् । 


सामाजिक विकास मन्त्री सुवेदीले १५ बुँदे आचारसंहिता लागू गरेका छन् । आचारसंहितामा मन्त्रालयको जिम्मेवारीको आधारमा मानव संसाधान व्यवस्थापन, कर्मचारी तथा नियुक्ती पदाधिकारीहरुको क्षमता विकास र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने, मन्त्रालयको दैनिक कार्यसम्पादनमा कर्मचारी वा कसैलाई पनि दबाब वा प्रभावमा नपार्ने, दबाब समूह वा विचौलियको प्रभवमा पर्न नदिने, निष्पक्ष र पारदर्शि सेवा प्रवाह गर्न प्रेरित गर्ने मुख्य रहेको छ । 

यस्तै मन्त्रालय तथा मन्त्रीले नियमअनुसार मनोनित गर्ने पदहरुमा नातावाद, कृतावाद प्रवितिलाई पुरै निरुत्साहित गर्ने,  योग्य व्यक्तिलाई नियुक्त गर्ने मन्त्री सुवेदीले प्रतिवद्धता गरेका छन् ।
 


Author

थप समाचार
x