राजनीति

पीडित-पीडित मिलेर पार्टीलाई बलियो बनाउँछौं : माधव नेपाल

इकागज |
असोज ३, २०७८ आइतबार १९:५९ बजे

पोखरा - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले गण्डकीमा आफ्नो पार्टी कमजोर रहेको स्वीकारेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो निर्वाचनमा एकलौटी ढंगले टिकट बाँडेपछि गण्डकीमा नेकपा एस कमजोर हुन पुगे पनि त्यतिबेला टिकट नपाएका पीडितहरू एक ठाउँमा आएकाले अब पार्टी मजबुद बनेको नेपालको भनाइ छ ।

पोखरामा पार्टी कमिटीले आइतबार आयोजना गरेको विचार गोष्ठी तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् । ‘यो प्रदेशमा हामी कमजोर छौं तर एमालेको पाँच प्रतिशत शक्तिमात्र हामीसँग छ भन्ने एमालेको दाबीमा सत्यता छैन,’ नेपालले भने, ‘एमाले आफैंको अहिले हविगत भएको छ । एमालेको नाम सुन्दा जनताले नाक खुम्च्याउने अवस्था छ ।’


पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले आफ्नो पार्टी नेकपा माओवादी केन्द्रसँग मिल्ने कुरा गलत भएको स्पष्ट पारे । ‘हामी कुनै दलसँग एकता गर्दैनौं । आफ्नै शक्तिले अघि बढ्छौ,’ उनले भने । नेपालले आफ्नो पार्टी एक हप्ताभित्र सरकारमा सहभागी हुने बताएका छन् । उनले लुम्बिनी, बागमती र प्रदेश १ मा केन्द्रकै गठबन्धनका दलसँगको सहमतिमा सरकार परिवर्तनको तयारी भइरहेको जनाए ।


Author

थप समाचार
x