नेकपा एसको धनुषामा रामचन्द्र पण्डित
जनकपुरधाम – नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीले धनुषा कार्यसमिति गठन गरेको छ । आइतबार आयोजित अगुवा कार्यकर्ता भेलाबाट रामचन्द्र पण्डितको नेतृत्वमा २ सय १ सदस्यीय जिल्ला कार्यसमिति घोषणा गरिएको हो ।
पण्डितको अध्यक्षतामा २ सय १ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको नेकपा एसका केन्द्रीय सदस्य श्रीप्रसाद साहले बताए । पण्डितलाई पार्टीले दुई महिना पहिले नै अध्यक्ष चयन गरे पनि आइतबार औपचारिकता दिइएको साहको भनाइ छ । पण्डित एमालेमा निर्वाचित उपाध्यक्ष थिए ।
नेकपा एसको जिल्ला उपाध्यक्षमा शितल साह चयन भएका छन् भने सचिवमा सोमप्रसाद शर्मा र उपसचिवमा राजकुमार यादवलाई चयन गरिएको केन्द्रीय सदस्य साहले बताए । उपाध्यक्ष साह नेपाल पत्रकार महासंघको पूर्वकोषाध्यक्षसमेत हुन् ।
२ सय १ सदस्यीय धनुषा जिल्ला कार्यसमिति घोषणा भए पनि आइतबार अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव मात्र चयन गरिएको र बाँकी पदाधिकारी तथा सदस्यहरूको १६ असोजमा टुंगो लगाइने केन्द्रीय सदस्य साहले जानकारी दिए । कार्यसमितिले जिल्ला कमिटीकै रूपमा काम गर्ने बताइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया