राजनीति

कर्णालीमा विपन्न जनतालाई हेरेर नीति बनाउँछौं : मन्त्री नेपाली

इकागज |
असोज ७, २०७८ बिहीबार २२:३ बजे

सुर्खेत – कर्णाली प्रदेशकी आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपालीले विपन्न जनतालाई सजिलो हुने गरी नीति बनाइने बताएकी छन् । दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताहअन्तर्गत कर्णाली प्रदेश योजना आयोग र आइओएमद्वारा बिहीबार वीरेन्द्रनगरमा आयोजित प्रदेशको विकास योजनामा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनसम्बन्धी प्रादेशिक परामर्श कार्यक्रममा मन्त्री नेपाली यस्तो बताएकी हुन् । 

उनका अनुसार दिगो विकास लक्ष्यअनुसारको कार्य गर्न विपद्मैत्री नीति बनाउन लागिएको हो । विपद् न्यूनीकरणका लागि पूर्वतयारी नै महत्वपूर्ण कार्य भएकाले त्यसैअनुसार पूर्वसूचना प्रणाली व्यवस्थित पारेर काम गरे त्यसको प्रभावकारिता बढ्ने मन्त्री नेपालीले बताइन् । विपद् आउनुका कारण पहिचान गरेर प्रतिकार्यका लागि तयारीमा जुट्दै गर्दा भूउपयोग नीतिसँग सम्बन्धित भएर काम गर्नुपर्ने उनको भनाइ छ ।


‘आज पनि कमजोर वर्गले खोला किनार तथा भिरालो जमिन नजिक बस्नुपर्ने बाध्यता छ । अबका नीति तथा कार्यक्रममा त्यस्ता बस्ती विकासको योजना बनाउँदा सुरक्षित स्थानमा स्थानान्तरण गर्नेगरी कार्ययोजना बनाउनुपर्छ,’ उनले भनिन् । 


Author

थप समाचार
x