राजनीति

आकस्मिक मन्त्रिपरिषद् बैठक सकियो

इकागज |
मंसिर ३०, २०७७ मंगलबार १३:२ बजे

काठमाडौं : आकस्मिक रुपमा बोलाइएको मन्त्रिपरिषद्‍ बैठक सकिएको छ । मंगलबार बिहान साढे ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्‍ बैठक सकिएको हो ।

मंगलबार बिहान संवैधानिक परिषद्‍को बैठक बसेको थियो । तर सो बैठकमा सभामुख अनुपस्थित भएलगत्तै बैठक स्थगित भएको थियो । उक्त बैठक स्थगित भएलगत्तै प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद्‍ बैठक बोलाएका थिए । 


आकस्मिक रुपमा बोलाइएको बैठकमा पूरानो अध्यादेशलगायत विषयमा छलफल हुने एक मन्त्रीले इकागजलाई जानकारी दिएका थिए । यही प्रश्न इकागजले कृषि मन्त्री घनश्याम भुसाललाई सोधेको थियो, तर यसबारे कुनै छलफल नभएको उनले बताए । मन्त्री भुसालले भने, ‘यसबारे कुनै छलफल नै भएन । यो नियमित बैठक हो ।’


Author

थप समाचार
x