राजनीति

लोकतान्त्रिक गणतन्त्रलाई थप समृद्ध बनाउनुपर्छ : मन्त्री भुसाल

इकागज |
असोज ११, २०७८ सोमबार २०:९ बजे

ललितपुर - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लोकतान्त्रिक गणतन्त्रको मूल्य मन्यतालाई थप समृद्ध बनाउनुपर्ने बताएकी छन् । समाजसेवी तथा किसान नेता अष्टमान महर्जन र चन्द्रबहादुर महर्जनको स्मृतिमा ललितपुरस्थित महालक्ष्मी नगरपालिका–६ सिद्धिपुरमा निर्माण गरिएको सालिक अनावरण कार्यक्रममा बोल्दै भुसालले यस्तो बताएकी हुन् ।  
 
उनले सहिदको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी र समानुपातिक मूल्य मान्यतालाई समृद्ध बनाउँदै लानमा जोड दिएकी छन् । नेपालको संविधानले ग्यारेन्टी गरेको जनताको अधिकारलाई संरक्षरण गरेर अगाडि बढ्ने दृढता व्यक्त गर्दै मन्त्री भुसालले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी र समानुपातिक व्यवस्थाको रक्षा गर्दै थप अधिकारका निम्ति निरन्तर संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले चन्द्रबहादुर र अष्टमानले गरिब, निमुखा र श्रमजीवी जनताको पक्षमा निर्वाह गरेको भूमिकाको स्मरण गर्दै उनीहरूप्रति उच्च सम्मान व्यक्त गरिन् ।



Author

थप समाचार
x