अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी तिव्र
काठमाडौं - नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी तिव्ररूपमा चलिरहेको छ । अहिले प्रदेश सम्मेलनहरू चलिरहेका छन् । अहिलेसम्म लुम्बिनी प्रदेशमा सम्मेलन भइसकेको छ ।
‘आधारभूत ढंगले कमिटी गठन प्रक्रिया टुंगिएको छ, लुम्बिनी प्रदेशमा बाहेक अन्यमा नेतृत्व चयन भने भएको छैन् । यसमा कतिपयको राष्ट्रिय सम्मेलनसम्म टुंगिएला भन्ने छ । पार्टीले पनि यो विषयमा छलफल गरिरहेको छ’, अखिल क्रान्तिकारीका महासचिव उत्तम अधिकारीले भने ।
‘अहिलेसम्म कर्णाली, सुदुरपश्चिम, गण्डकी, लुम्बिनी, २ नम्बर प्रदेश, सुदूरपश्चिम विश्व विद्यालय, कृषी तथा वन विज्ञान लगायतको सम्मेलन भइसकेको छ’, अधिकारीले भने ।
अखिल क्रान्तिकारीले प्रदेश १ मा इन्द्र भुसाल, प्रदेश २ मा दिपक देवकोटा, बागमती प्रदेशमा उत्तम अधिकारी, गण्डकी प्रदेशमा विजय गौतम, लुम्बिनी प्रदेशमा तिलकराज भण्डारी, कर्णाली प्रदेशमा पञ्चा सिंह र सुदूरपश्चिम प्रदेशमा सुरेन्द्र बस्नेतलाई सम्मेलन गर्न जिम्मेवारी दिएको थियो ।
प्रदेश सम्मेलन सम्पन्न गर्ने जिम्मेवारी बहन गरेका प्राय: नेताहरू आफूलाई अबको अध्यक्षको रूपमा चिनाउन थालेका छन् । उनीहरु प्रचार प्रसारसङ्गै तल्लो कमिटीसम्म प्रभाव विस्तारमा जुटेका छन् ।
अध्यक्षका दाबेदार तिलकराज भण्डारीले लुम्बिनी प्रदेशको नेतृत्व चयन गर्न सफल भएका छन् ।
अखिल(क्रान्तिकारी)ले २२औं राष्ट्रिय सम्मेलन असोज १४,१५ र १६ गते काठमाडौंमा सम्पन्न गर्ने निर्णय गरिसकेको छ । यस अघि तयारी नपुगेको भन्दै सम्मेलन एक हप्तालाई पछि धकेलिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया